काठमाडौँ । गायिका गंगा गजमेरको स्वरमा समावेश ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक सार्वजनिक भएको छ ।गीतमा अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्द र मानसी किरणले संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । दिनेश पराजुलीले भिडियोलाई छायांकन गरेका हुन ।भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।
गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायिका गजमेरले ‘स्वरादि’ गीति संग्रह, ‘फुलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छिन्।

 

 

तपाईको प्रतिक्रिया