काठमाडौँ – गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको आयोजनामा दोस्रो नेपाल ब्राईडल मेकअप कम्पिटिसन-२०७७ हुने भएको छ। मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गर्न लागिएको गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यबिद ज्ञानी महर्जनले बताइन । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने कुरा उनि बताउछिन । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यबिद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।

दोस्रो नेपाल ब्राइडल मेकअप कम्पिटिसनमा प्रतिश्प्रधा यहि आउदो चैत ७ गते सनिबार हुने भएको छ भने कम्पिटिसनमा भाग लिन फारम शुल्क रु. १००० र प्रवेश शुल्क रु. ५००० राखिएको सौन्दर्यबिद ज्ञानी महर्जनले जानकारी गराईन। प्रतिश्प्रधामा बिजेता हुने मेकअप आर्टिस्टहरुले प्रथम रु.५००० दोश्रो रु. ३००० र तेस्रो हुनेले २००० नगद सहित ट्रफि समेत पाउने भएका छन्। प्रतियोगितामा भाग लिन इच्छुक ब्युटिसियनहरुले गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टर मार्फत फारम भर्न सक्नेछन। सम्पर्क : ९८४१७८५६५६

तपाईको प्रतिक्रिया