काठमाडौँ : मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को ग्रान्ड कार्यक्रम यहि आउँदो चैत ५ गते बिहिबार रसियन कल्चर कमलपोखरीमा हुने भएको छ। सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड र सम्मान प्रदान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” गरिने कुराआयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले बताएको छ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष संचारकर्मी रोशन पोखरेल रहेका छन् भने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि), भेग बिसेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गित, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

अवार्डम समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया