काठमाडौँ – नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा रामो नाम कमाईसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको मैथिली गित ‘आबन बैठ भट्भटिया पऽ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रुद्रसेनकै सङ्गीत रहेको छ ।
निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार पारिएको यस भिडियोमा नबिन गिरीले छायांकन गरेका छन् । म्युजिक भिडियो रुद्रसेन बिश्वकर्मा, लजिना सुबेदी, लिजा कौसल, पुजा ठाकुर, माहि खान, रोजिना क्षेत्रि र सबिका भट्टराईलाइ फिचर्ड गरिएको छ। भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मार्फत सार्वजनिक गरिएको छ ।










