लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल फर्केर नेपालको सुन्दर नगरी कुलेखानि र उपत्यकाको रमर्णिय नगरीहरुमा धमाधम म्युजिक भिडियोहरु छायाँकन गर्दैछन् | एकान्त आङ्देम्बे र दिपा लामाको स्वरमा रहेको नआउ मेरो सपनीमा गितको बोल र सुनिता थेगिम , एकान्त आङदेम्बेकै स्वरमा रहेको मिक्वा चुरु – चुरु लिम्बु गितको सुटिङ सकेर भिडियो सम्पादनमा रहेको बताउछन चेम्जोङ् यो हप्ता चेम्जोङले २ वटा म्युजिक भिडियोको छायाँकन सकेकाछन | यी दुईटै भिडियोहरुमा पुस्पांजलि तिल्लिङ मादेन ( चापेति कुम्मा ) र रुद्र पाहिमको केमेस्ट्रि देख्न पाउनुहुनेछ भने लिम्बु गितमा बाल कलाकार एसेप लिम्बुको फ्रेस एक्टिंङ देख्नपाउनुहुनेछ | उत्त भिडियोहरुलाई मेघराज मगरातीले क्यामेरामा कैद गरेकोहुन् | अब यी भिडियोहरू चाडैनै बजारमा ल्याउने र पुर्बतिर म्युजिक भिडियो सुटिङ मा व्यस्त हुने बताउछन निर्देशक हाङ चेम्जोङ्

तपाईको प्रतिक्रिया