काठमाडौं-इन्टरनेशलन टुरिजम एम्बेस्डर तथा मोडल, समाजसेवी शिलाष्मा मल्ल हमालले ११ जना महिलाहरुलाई प्रति व्यक्ती ५० हजार रुपैयाँको व्युटी सम्बन्धि प्रशिक्षण छात्राबृत्ती प्रदान गरेकी छिन् । रोज सिप विकाश तालिम तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितको सभापतित्वमा आयोजित एक समारोहमा मोडल शिलाष्माले सो छात्राबृत्ती प्रदान गरेकी हुन् । यसअघि पनि शिलाष्माले थुप्रै महिलाहरुलाई यस्तो छात्राबृत्ति प्रदान गरेर सिपमुलक तालिम दिलाई जीवन यापनमा सहज बनाएकी छिन् ।

सो छात्राबृत्ती अन्तर्गत जनही ५० हजार रुपैयाँ बराबरको ब्युटिसियन सम्बन्धि एक महिनाको रशियन हेयर डिजाईन र मेकअप सम्बन्धि प्रशिक्षण सम्बन्धि व्यक्तिहरुलाई प्रदान गरिने शिलाष्माले कार्यक्रममा बताईन् । जनजाति, आदिबासी, दलित, मधेसी, विपन्न र एकल महिलाहरुलाई यो प्रशिक्षण दिईँदैछ ।

रोज सिप विकाश तालिम तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनमा उनीहरुलाई यो प्रशिक्षण सोमबारबाट दिन सुरु गरिएको सो संस्थाकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितले कार्यक्रममा बताईन् । उनीहरुलाई रोज सिप विकाश तालिम तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका तर्फबाट ५० प्रतिसत बराबर करिब २ लाख ७५ हजार रुपैयाँको छात्राबृत्ति सेवा प्रदान गरिएको पनि अध्यक्ष कारंजितले कार्यक्रममा प्रकाश पारिन् । समारोहमा समाजसेवी अन्जु श्रेष्ठ, पत्रकार सूर्य चन्द लगायतका अतिथिहरु थिए ।

यसरी छात्राबृत्ती प्राप्त गरेर प्रशिक्षण लिने महिलाहरुमा सुरती बराल, सृजना राई, निसान रुम्बा, रन्जु थापा, लिला सुनुवार, ममता शाह, कल्पना कुमाल, मनिषा तामाङ, रस्मिता लामा श्रेष्ठ र मान्दिरा शाही रहेका छन् ।

तपाईको प्रतिक्रिया