काठमाडौँ – वेब सिरिज ‘टुहुरी’ युट्युब मार्फत सार्बजनिक भएको छ। लोकप्रिय कलाकारहरुको साथमा रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे ” टुहुरी “। एलिना रायमाझी, बिष्णु सापकोटा, कबिता शर्मा, सुरेन्द्र केसी, मंजु श्रेष्ठ, सुनिता श्रेष्ठ, अनुमति नेपाली, शिब शर्मा, रामबाबु रेग्मी, जयराम ढुंगाना, बिना काफ्ले, सन्ध्या खड्का, प्रेम खतिवडा, अर्जुन दाम्जाली, धर्मराज जैसी र बिमला बयलकोटीलाइ यस वेब सिरिज ‘टुहुरी’ मा फिचर्ड गरिएको छ।

शिब शर्माको लेखन, मंजु श्रेष्ठको निर्देशन तथा सुनिता श्रेष्ठको निर्माणमा सुरु भएको टुहुरीले समसामहिक बिषय बस्तुलाई उठान गरेको छ भने सकारात्मक शिक्षा प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया