काठमाडौँ – क्रियटिभ इनसाईट मिडियाको आयोजनामा सम्पन्न “नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१” मा योङ ईभेण्ट इन्टरपेनरको अवार्ड जित्न सफल भएका छन् युवा ब्यबसायी बालकृष्ण पोखरेल। लामो समय देखि इभेन्ट ब्यबसाय तथा टुरिजम एण्ड कल्चरको ब्यबसाय गर्दै आएका युवा ब्यबसायी पोखरेलले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान तथा स्वदेशमा नै रोजगारी सिर्जना गरि सयौ युवाहरुलाई रोजगारी प्रदान गर्दै आएको र इभेन्ट ब्यबसायमा उत्कृष्ट प्रस्तुति दिएर अवार्ड हात पार्न सफल भएका छन्।
दर्जनौ सम्मान तथा अवार्ड हात परिसकेका युवा व्यवसायी बालकृष्ण पोखरेल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्। इभेन्टको माध्यम बाट हजारौ युवा युवतीहरुलाई शिक्षित बनाउदै उनीहरुलाइ सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने, मोटिभेसन दिने तथा विविध विषयमा प्रशिक्षण प्रदान गर्दै सक्षम जनशक्ति उत्पादन गर्दै आएको कार्यको उच्च मुल्यांकन गर्दै अवार्ड प्रदान गरिएको थियो।










