काठमाडौं – रोज सिप विकाश तालिम केन्द्र तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजित सम्मानित भएकी छिन् । काठमाडौंमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको “नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” समारोहमा बरिष्ट सौन्दर्यबिद सोनी कारंजितलाई बिशिष्ट सौन्दर्य कला सम्मान-२०७७ ’बाट सम्मानित गरेका हुन् । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ट अभिनेता कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रबिन्द्र खड्का, निर्माता संघको अध्यक्ष आकाश अधिकारि, चलचित्र द्वन्द संघका अध्यक्ष नारयण प्रधान, लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ सहितका अतिथिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका हुन् ।
सो अवार्ड आयोजक संस्थाका अध्यक्ष एवम् सञ्चारकर्मी सूर्य चन्दका अनुसार बरिष्ट ब्युटिसियन सोनी कारंजितले यो दुई दशकमा रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनबाट करिब १० हजार युवा युवतीलाई ब्युटिपार्लर, फेशन डिजाईन, मोवाईल मर्मत, गिफ्ट डिजाईन, सावुन निर्माण, चप्पल निर्माणसहित विभिन्न सिप सिकाएर स्वरोजगार बनाउँदै आत्म निर्भर तुल्याई यो क्षेत्रमा उल्लेख्य योगदान दिएका कारण उनलाई ‘बिशिष्ट सौन्दर्य कला सम्मान-२०७७’ बाट सम्मानित गरिएको हो ।











