काठमाडौं – समाजसेवी तथा इभेन्ट अर्गनाइजर सरिता आचार्य ‘राष्ट्रिय नारि सम्मान-२०२१ बाट सम्मानित भएकी छिन । राजधानीमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको “नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” समारोहको अवसर पारेर बिगत लामो दशक देखि सेवा मुलक र सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार, इभेन्ट अर्गनाइज गर्दै विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप सरिता आचार्यलाई उनको कार्यको उच्च मुल्यांकन गर्दै ‘राष्ट्रिय नारि सम्मान-२०२१’ बाट सम्मानित गरेको हो ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ट अभिनेता कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रबिन्द्र खड्का, निर्माता संघको अध्यक्ष आकाश अधिकारि, चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र द्वन्द संघका अध्यक्ष नारयण प्रधान, लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ सहितका अतिथिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका हुन् ।
चितवन घर भई तथा कर्म क्षेत्र बनाइ देशको हरेक क्षेत्रमा सामाजिक कार्यमा सधै अग्रसर भएर सामाजिक कार्यमा पुर्याएको बिशिस्ट योगदान स्वरुप समाजसेवी सरिता आचार्यलाइ ‘राष्ट्रिय नारि सम्मान-२०२१’ सम्मान गरिएको आयोजक सुर्य चन्दले बताए ।











