काठमाडौं – मिसेस नेपाल टुरिजम २०१९ को बिजेता तथा व्युटी पेजेन्ट मोडल छिरीङ डोल्मा शेर्पाले राजधानीमा भब्य रुपमा सम्पन्न “नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” मा सर्वोत्कृष्ट व्युटी पेजेन्ट मोडलको अवार्ड जित्न सफल भएकी छिन। सर्वोत्कृष्ट व्युटी पेजेन्ट मोडल अवार्ड बिजेता छिरिङ डोल्मा शेर्पा लामो समय देखि नेपालको पर्यटनलाइ विश्वसामु चिनाउदै आएकी पर्यटन ब्यबसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता हुन्। मोडल शेर्पाले पर्यटन प्रबर्धनको लागि नेपाल तथा विश्वका विभिन्न देशमा पुगेर नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गरेकी थिइन् ।
नेपाल भित्र मात्र नभएर अमेरिकामा समेत ब्युटी पेजेण्ट तथा अन्य ईभेण्टमा निर्णायकको भूमिका निर्बाह गरिसकेकी शेर्पा सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छिन। व्युटी पेजेन्ट मोडल मार्फत युवा युवातीहरुको लागि रोल मोडल बन्न सफल उनलाई उनको उत्कृष्ट पर्फर्मेन्सको आधारमा सर्वोत्कृष्ट व्युटी पेजेन्ट मोडलको अवार्ड प्रदान गरिएको थियो। उनि पर्यटन तथा व्युटी पेजेन्ट मोडलको रुपमा चर्चित छिन।










