काठमाडौ । रात्रीकालिन मनोरञ्जनका लागि चावहिल ‘मेडिक्रेयर हस्पिटल’ नजिकै ओस्कार लाउन्ज एण्ड क्लब हालै सञ्चालनमा आएको छ । कलाकार, निर्माता एवं रेष्टुरेण्ट ब्यवसायी नविन बुढाथोकीले यो ओस्कार लाउन्ज एण्ड क्लब सञ्चालनमा ल्याएका हुन् ।

ग्राहक रुचिको सांगीतिक प्रस्तुति, राती १२ बजेपछि डिस्कोमा रमाउन चाहनेहरुको लागि राम्रो ब्यवस्ता भएका कारण छोटो समयमा यसले राम्रो उपलब्धि र प्रशंसा पाएको छ । यहाँको सेवा सुबिधामा ग्राहक धेरै सन्तुष्ट र खुशी रहेको देखिन्छ । यसैले अहिले सबैको रोजाइमा ओस्कार लाउन्ज एण्ड क्लब पर्ने गरेको छ ।

करिब दुई दशकदेखि यस क्षेत्रमा कार्यरत रही रेष्टुरेन्ट व्यवसायमा एक उदाहरण समेत बनेका नविन बुढाथोकीले नाइट क्लब, म्युजिक क्लब, सिम्पली क्लब हाईजेनिक खाना, शुक्रबार र शनिबार राष्ट्रिय स्तरका कलाकर्मीको उपस्थितिमा अन्य दिनमा भन्दा बिशेष कार्यक्रम हुने हुँदा मनोरञ्जनका पारखीहरु थप आकर्षित हुने गरेको बताए ।

सञ्चालक नविनले भने,‘हामी कहाँ स्वस्थ र हाइजेनिक खाना, अनुभवी सेफ र राम्रो हस्पिटालिटी, लेटेक्स प्रबिधि लाउड साउण्ड सिष्टम जडान भएकाले पनि पारिवारिक वातावरणमा रमाउँन चाहनेहरुका लागि उपयुक्त गन्तब्य हुनसक्छ ।’

तपाईको प्रतिक्रिया