गत वर्षको चैत २८ गतेलाई मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, फिल्म प्रदर्शनमा आउनुभन्दा अगावै कोरोनाका कारण देश लकडाउन भयो । यसपछि रिलिज अनिश्चित बनेको फिल्मलाई यस वर्षको अन्तिममा प्रदर्शनको योजना बनाइएको थियो । तर, पुनः कोरोनाको कहर सुरु भएकाले निर्माण टिमले प्रदर्शनका लागि हतार गरेको छैन ।

अब स्थिति सामान्य भएपछि प्रदर्शनको तयारी गरिएको फिल्मलाई भारतीय दर्शकहरुले पनि हेर्न पाउने भएका छन् । भारतका सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी अहिले फिल्मको मुम्बईस्थित रियल टच स्टूडियोमा पोष्ट प्रोडक्सनको काम भइरहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रवारबाट फिल्मको हिन्दी डबिङ र सम्पादनको काम सकिएको उनले बताए ।

मुम्बईबाट उनले अनलाइन कुराकानीमा भने- ‘अब ब्याकग्राउन्ड स्कोर, भिएफएक्स, गीत रेकर्ड लगायतको काम बाँकी छ । बलिउड फिल्म ‘राधे र बेल बटम’ पछि स्टूडियोमा हाम्रो फिल्मको काम भइरहेको छ । अहिलेसम्मको आउटपुट हेर्दा सन्तुष्ट छु ।’ उनले भारतका सिनेमा हलमा फिल्म रिलिजका लागि विभिन्न वितरक कम्पनीहरुसँग लगातार छलफल भइरहेको बताएका छन् ।

फिल्मलाई नेपाल र भारतका हलमा एकसाथ रिलिज गरिने उनको भनाई छ । स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गर्दैछिन्

तपाईको प्रतिक्रिया