अमेरिकाको टेक्सास निवासी गायक श्री खत्रीले आफनै स्वर, शब्द र संगीतमा नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक गरेका छन् । प्रतिक बास्तोलाको लिड गितार र सुगम थापाको बास गितार रहेको ब्लुज रक गीत ‘बिरानो जंगल’ मा वास्सी छु को ड्रम र पिक्रसन रहेको छ । गीतको भिडियोलाई पुरा एनिमेसिन गरि बनाइएको छ । थ्रिलर एनिमेटेड भिडियोलाइ द वान हु अनिमेट्सका बिबिन मानन्धरले तयार गरेका हुन् ।
‘बिरानो जंगल’ भिडियोलाइ लिफर्स म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा उच्च गुणस्तरको एनिमेशन प्रविधिबाट गीतको कथा भन्न खोजिएको छ।

 

तपाईको प्रतिक्रिया