काठमाण्डौको कान्तिपथमा खुलेको ‘सवाना फिटनेश’को उद्घाटन गर्न नायिकाद्धय वर्षा राउत र नम्रता सापकोटाको साथमा मोडल रियाशा दाहाल पुगेका छन् ।नायिका वर्षा राउतले रिवन काटेर फिटनेशनको उद्घाटन गरिन् ।

महिलाहरुका लागि मात्र यो फिटनेश संचालनमा आएको यसको संचालिका सवाना खातुनले बताइन् । फिटनेशनको उद्घाटन गर्दै नायिका वर्षा राउतले मानिस शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि फिट हुनुपर्ने बताइन् । वर्षाले आफू मोटाएपनि वा दुब्लाएपनि आलोचना गर्नेहरु नरोकिने भन्दै खुशी हुन सक्नुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया