काठमाडौँ – “गोधुली साहित्य दिर्घ सङ्गीत-साधना सेवा सम्मान-२०७७” बाट लोकप्रिय गायक रुद्रसेन सम्मानित भएका छन्। बिगत एक दशक अघि देखि गित संगीत तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै ‘गोधूली साहित्य प्रतिष्ठान’ले काठमाडौंमा आयोजित भब्य कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय दावा तामाङ मार्फत “गोधूली दिर्घ संगीत सेवा सम्मान – २०७७” बाट सम्मानित भएका हुन्।
नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा सांगीतिक आकाशमा चम्किलो नाम हो। एक पछि अर्को म्युजिक भिडियो बजारमा ल्याएर चर्चामा आएका गायक बिश्वकर्मा सामाजिक कार्यमा समेत उत्त्तिकै सक्रिय छन्। भर्सटायल गायक तथा संगीतकारको रुपमा चिनिएका रुद्रसेन यस सम्मानले थप हौसला तथा उर्जा प्रदान गरेको र संगीतमा अझ बढी लगाब, प्रेरणा, उर्जा र थप जिम्मेवारी थपिदिएको बताएका छन्।