काठमाडौं । नयाँ वर्षको अवसर पारेर वरिष्ठ ई. तथा गायक बीरेन्द्र श्रेष्ठ र गायिका सुशिला पाठकको आवाजमा नयाँ गित “काठमाडौँमा घर” सार्वजनिक भएको छ । ईन्जीनियर श्रेष्ठ पछिल्लो समय गायन क्षेत्रमा पनि सक्रिय छन् । झापाका विभिन्न रमणिय स्थानमा सुटिङ गरिएको उक्त गितको भिडियो ओ एस आर डिजिटलबाट सार्वजनिक भएको हो । भिडियोमा निर्मल न्यौपाने , सुक्रिया राई , निरोज डान्सर , निशा राई , सुवोध रसाइली, अन्जली माझी लगायतको अभिनय रहेको छ ।
नेत्र काफ्ले र कृष्ण भार्द्वाज को शब्द सङ्गीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । भिडियो को अन्य सम्पुर्ण प्राबिधिक कार्य झापा चारालिका सुभाष लिम्बुले गरेका छन।