बलिउड फिल्म ‘धमाका’ ओटीटीमा महंगो मूल्यमा विक्री भएको छ ।अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म धमाका लाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेर खरिद गरेको हो ।

‘धमाका’ ओटीटी प्लेटर्फममा सबैभन्दा महंगो रकममा विक्री भएको बलिउड फिल्ममा परेको छ ।

धमाकालाई राम माधवनीले निर्देशन गरेका हुन् । कार्तिक चुलिदो लोकप्रियताका कारण नेटफ्लिक्सले महंगो रकममा यो चलचित्र किनेको जनाइएको छ ।

यस अघी अक्षयको ‘लक्ष्मी’ ११० करोडमा विक्री भएको थियो ।

तपाईको प्रतिक्रिया