काठमाडौँ : अभिनेता कोसिश क्षेत्रि र अभिनेत्री सुरक्षा पन्त अभिनीत छोटो चलचित्र “मन बार” युट्युबमा रिलिज भएको छ। जीवन शाहीको निर्देशन रहेको चलचित्रको कथा रुपेन्द्र खड्गीले लेखेका हुन्।

गोविन्द प्रसाद शाहको लगानीमा निर्माण भएको चलचित्रलाई नीरज कँडेलले खिचेका छन्। सर्ट मुभीमा कोसिश र सुरक्षाको दमदार अभिनय देख्न सकिन्छ l भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् भने यसको कलरीङ डिन्सन दाहाले गरेका छन्। भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया