काठमाडौं । गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘घुरघुर’ बोलको गीतमा चौलागाईंको स्वर तथा संगीत रहेको छ । शब्दरचना कौशिला खनाल कर्माचार्यको छ ।

गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथा भन्छ । “जिविको पार्जनका लागि आम नेपाली युवकले गरिरहेको संघर्षको कथा गीत र भिडियोमार्फत हामीले देखाउन खोजेका छौं,” गायक चौलागाईं भन्छन्, “अडियोसँगै भिडियो निर्माणमा पनि हामीले निकै मिहिनेत गरेका छौं । मैले अभिनयमा पनि सक्दो मिहिनेत गरेर कथालाई न्याय दिने प्रयास गरेको छु ।”

परिवारको आर्थिक उन्नययनको सपना बोकेर वैदेशिक रोजगारीका लागि घरपरिवार छोडेर हिँडेका नेपाली युवा कसरी आफ्नो सपनासँगै शरीरसमेत गुमाउन वाद्य छन् गीतमार्फत देखाउने प्रयास गरिएको छ ।

गीतको भिडियोमा वर्षा राउत र गायक स्वयंले अभिनय गरेका छन् । धिरजजंग शाहले खिचेको भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

तपाईको प्रतिक्रिया