चर्चित नायक किशोर खतिवडाले आत्महत्याको प्रयास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युवतीसँग नाम जोडिएर बदनाम भएका खतिवडाले आत्महत्याको प्रयास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् ।

श्रोतका अनुसार उनलाई तत्काल उदार गरि हस्पिटल लागिएको थियो ।कलाकार किशोर खतिवडा माथि लक्ष्मीले श्रीमान् दाबी गर्दै अहिले धोका दिएको बताएकी थिइन । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका थिए ।

कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर आफूलाई प्रयोग गरेर लाखौँ रकम समेत लगेको आरोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान् श्रीमतीजस्तै बसेका उनीहरूबिच सम्बन्धमा समस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान् दाबी गर्दै आफूलाई अन्याय गरेको आरोप लगाएकी थिइन ।

गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडाले आफैँ बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताउँदै आएकी छिन । त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्ने गरेको बताउँदै आएकी छन् ।

उनले देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर आफूले दिइरहेको बताइन् ।यतिका पैसा लिइसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु सँगै बस्न थालेको बताएकी छन् ।

तीन वर्षको अवधिमा लक्ष्मीले लाखौँ रकम रक्सी पसलमा बुझाएकी थिइन् ।यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता चप्पल सबै आफूले नै किनिदिएको पनि दाबी गरेकी छन् । लक्ष्मी पटक पटक गर्भवती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक गर्भपतन गराएको लक्ष्मीको दाबी छ । ̍̍

विवाद पछि लक्ष्मी र खतिवडाले विवाह गर्ने सहमति भएको थियो । सहमति अनुसार नै लक्ष्मी भद्रकालीमा गएर विवाह मण्डपमा कुरेर बसेको तर किशोर नआएको भन्दै भिडियो सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया