अभिषेक बच्चन एउटा यस्तो एक्टर्समा गनिन्छ जो आफ्नो फ्यान्सको साथ आफ्नो राम्रो व्यवहारको लागि चिनिन्छ । मेघा स्टार अमिताभ बच्चनको छोरा र आफू स्वयम् एक सफल एक्टर भए पछि उनको सरल स्वभाव मानिसलाई ज्यादै मन पर्छ ।
हालसालै एक इन्टरभ्युमा आफ्नो हुर्काइलाई लिएर केही कुरा आफ्नो फ्यानहरूमा शेयर गरेका छन् । अभिषेकले आफ्नो पालनपोषण एक मिडिल क्लास फेमिली जस्तै भएको बताएका छन् । अभिषेक बच्चनले आमा जया बच्चनलाई आफ्नो नर्मल लाइफ हुर्किएको क्रेडिट दिएका छन् ।

उनले भने आमा जया बच्चनले उनको र बहिनी श्वेता बच्चनलाई सानै देखि नर्मल लाइफ मिडिल क्लास जिन्दगी दिएको बताए । अभिषेक भन्छन्, आमाले आफ्नो योग्यताको भरमा मात्र कुनै पनि चिज प्राप्त हुने आशा राख्नु पर्छ भनेको बताउँछन् । अभिषेक अगाडी भन्छन्, आफ्नो अभिभावक को हो यसको सम्बन्ध हुँदैन र आवश्यक पर्ने वेला परिवारसँग तपाईँको के सम्बन्ध छ त्यो पनि काममा आउँदैन ।

दिनको अन्तमा जब अडियन्स थिएटरमा हुन्छन् त्यो वेला तपाईँलाई देखिरहेको हुन्छन् । उनीहरूले तपाईँको फिल्म हेर्न टिकट लिएका हुन्छन् । यदि उनीहरू अमिताभ बच्चन, जया बच्चन वा ऐश्वर्या राय बच्चनलाई हेर्न चाहन्छन् भने उनको फिल्मको टिकट लिन्छन्, उनीहरू मेरो फिल्म हेर्न किन आउँछन् ?

उनले फिल्मबाट पाउने रेस्पन्सको बारेमा पनि कुरा गरेका छन् । अभिषेक भन्छन्, हामी यहाँ अडियन्सको मनोरञ्जन गर्नको लागि हौँ । तपाई चाहनुहुन्छ कोही तपाईँलाई धाप दियोस् यो एक्टरको लागि धेरै ठुलो र शानदार कुरा हुन्छ । मलाई राम्रो लाग्छ कि जब मेरो फिल्मले राम्रो प्रदर्शन गर्दछ । मलाई अडियन्सले राम्रो फिडब्याक दिएको मन पर्छ ।

यदि मलाई राम्रो रेस्पन्स आएन भने मैले त्यसबाट सिक्ने गर्छु । हालै अभिषेक बच्चनको फिल्म ”विग वुल” ओटिटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्ममा अभिषेकलाई स्टक ब्रोकर हर्षद मेहताको रोलमा देख्न सकिन्छ । फिल्मलाई केहीले नेगेटिभ रेस्पन्स दिए भने केहीले फिल्म मन पराएका छन् ।

तपाईको प्रतिक्रिया