काठमाडौं बैशाख ६ । नेपालि गीत संगीतलाई नै आफ्नो जिबन सम्झिने राज लिम्बुले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सोहि अन्य गीतको चौतर्फी सफलता पछी राजको पछिल्लो गीत “जलेर खरानी” बोलको रहेको छ । उक्त गीतमा हाल इजरायलमा रहेकी नव कलाकार बिष्णु कट्टेलको फिचरिंग रहेको छ ।

यस गीतमा गायक राज लिम्बुको स्वर, शब्द तथा संगीत रहेको छ। पुस्कर सुनुवारले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा गायक लिम्बु पनि पहिलो पटक फिचर्ड भएका छन् । भिडियोमा प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ । बिष्णुको अभिनय तारिफ योग्य छ ।

इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल राज लिम्बु मार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शक स्रोताबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया