काठमाडौं । केही दिन अगाडी कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस लगतै अभिनेत्री केकी अधिकारीलाई पनि कोरोना संक्रमण भएको छ । यस बीचमा संक्रमण पुष्टि हुनुअघि कलाकारसँग भेटेका अन्य कलाकारहरुले पनि आफूलाई आइसोलेट गरिरहेका छन्। अभिनेत्री करिश्मा मानन्धर बुधबारबाट आइसोलेसनमा बसेकी छिन्। आफूलाई केही लक्षण नदेखिएको भएपनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको कश्मिाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया