गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमका साथ सोमबार उक्त गीत सार्वजनिक गरिएको हो।

गीतमा सोना अमात्य र विवेक सिंह ठकुरीको आवाज, शशिविक्रम थापाको शब्द संगीत तथा उदयराज पौडेलको अरेन्ज रहेको छ ।

गायिका अमात्यकै अफिसियल युट्युब मार्फत सार्वजनिक गीतको भिडियोमा गायिका स्वयं सहित गोविन्द सिंह विस्ट, गरिमा शर्मा, विवेकसिंह ठकुरी लगायतको अभिनय रहेको छ ।

सुरेन्द्र वसेलको कोरियोगा्रफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा गम्भिव विष्टको निर्देशन तथा नवीन निरौलाको सम्पादन रहेको छ।

गीत सार्वजनिक गर्दै निमार्ण टिमले एक हप्ता अघि घोषणा गरिएको टिकटक प्रतियोगिताका विजेतालाई पुरस्कृत पनि गरेको छ । सोमबार सार्वजनिक गरिएको गीतका लागि एक हप्ता अघि नै निमार्ण टिमले टिकटक कन्टेन्ट सार्वजनिक गरेको थियो ।

सोहि घोषणा अनुसार सोमबारको कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट तीन प्रतिस्पर्धीलाई पुरस्कृत गरेको हो । जसमध्ये प्रथम सामरिका ढकाललाई ५० हजार सहित एक थान मोवाइल फोन, द्वितीय ट्विनी गर्ल अर्थात् प्रिज्मा–प्रिन्सीलाई २० हजार र एक थानमोवाइल फोन तथा तृतिय दिपेश राईलाई १० हजार सहित पुरस्कृत गरिएको हो ।

एक हजार बढी प्रतिस्पर्धी बाट उत्कृष्ट छानिएका उत्कृष्ट तीन सहित अन्य ३ बालप्रतिभालाई पनि विभिन्न गिफ्ट ह्याम्पर सहित पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया