काठमाण्डौ बैशाख १६ । पछिल्लो समयका काँठ क्षेत्रको गीत संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक तथा सर्जक दिनेश श्रेष्ठले पुनः एक राष्ट्रिय भावले ओतप्रोत भएको गीतलाई सार्बजनिक गरेका छन् । दिनेश श्रेष्ठ कै र्सिजना रहेको गीत अहिले टिकटक देखी लिएर सामाजिक संजालमा निकैले रुचाएका छन् । उक्त गीत “सुन सरकार” बोलको रहेको छ । श्रेष्ठ गीत संगितको क्षेत्रमा लागेको धेरै समय भएता पनि कोरोना भाइरसको कारण त्यति धेरै शसक्तता दिन पाइरहेका थिएनन् । बिचको केहि कोरोना भाइरसको साम्यताको समयमा ल्याइएको यस गीतलाई चौतर्फी रुपमा सफलता प्राप्त भैरहेको छ  ।

अहिलेको राजनितिक घटना क्रमलाई ध्यानमा राखि व्यंग्यात्मक रुपमा तयार पारिएको यस राष्ट्रिय गीत “सुन सरकार” मा चर्चित गायिका प्रिति आले र गायक तथा सर्जक दिनेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतमा लय तथा शब्द श्रेष्ठको नै रहेको छ भने एरेन्ज कृष्ण लामिछानेको रहेको छ । गित रेकर्ड मंगलम् रेकर्डिङ्ग स्टुडियोमा गरिएको हो ।

“सुन सरकार” गितको भिडियोमा प्रिति आले, दिनेश श्रेष्ठ, पुण्य गौतम, शिवराम भण्डारी, दिपेन्द्र श्रेष्ठ, रुशमा सापकोटा र अन्य धेरै कालाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन प्रविन थापाले गरेका छन् भने छायाँकन नवराज घिमिरेले गरेका छन् । यो गीतको भिडियोलाई दिनेश श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत गीत हेर्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया