काठमाण्डौं ।
गायिका निकिता थारु एवम् गायक आल्मोडा उप्रेती , विका महत्तो , आशिका राउत र सारदा महतोको आवाजमा थारु भाषामा रहेको मौलिक गीत ‘होरिया ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

थारु समुदायको भाषा र मौलिक पनलाई गीतमा समेटिएको छ । आल्मोडा उप्रेतीको शब्द तथा संग्ीत संयोजन गीतमा रहेको छ । थारु समुदायको मौलिक पनलाई आम रुपमा समेटेर मौलिक सम्पदाको संरक्षण गर्नको लागी गीतले थप सहयोग गर्नेमा आफु आशावादी रहेको र मौलिक गीतलाई सबैले मनपराउनेमा आफु आशावादी रहेको गायिका निकिता थारुले बताईन ।

रंजित बल्लब उप्रेतीको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘होरिया ‘गीतको भिडियोमा सन्जु महतो , ज्योती महतो र सृष्टि चौधरीको अभिनय रहेको छ ।

‘होरिया ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया