नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत ‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ ।

राजनकुमार कार्कीको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । भिडियोमा श्रीदेव भट्टराई, अर्चना रिमाल मुख्य भूमिकामा छन् भने सहायक भूमिकामा अन्य पात्रहरू एवम् विशेष उपस्थितिमा रंग पत्रकार तथा सिनेकर्मी शान्तिप्रियलाई देख्न सकिन्छ ।

ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोबाट प्राप्त रोयल्टी समाजसेवाका लागि खर्च गरिने कुरा गीतकार कार्कीले बताएका छन् ।

सपना लम्सालको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया