काठमाडौं : अर्जुन गौतमको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बर वर आशु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतलाई गायक मिनप्रकाश ओलीले गाएका छन् भने शब्द संगीत पनि उनैको रहेको छ । अहिलेको देशको कोरोना महामारीले आक्रान्त पारिरहेको अवस्थालाई समेटेर गीत तयार पारिएको छ भने भिडियो पनि गीतको भाव अनुसार छायांकन गरिएको छ ।

थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस म्युजिक भिडियोलाई पोस्ट प्रोडक्सनको काम वजस फिमिल स्टुडियोले गरेको छ । नरोत्तम पाण्डेको सम्पादन रहेको यस म्युजिक भिडियोलाई समीर राईले खिचेका हुन् । निर्देशक गौतमका अनुसार कोरोनाको महामारीलाई समेटेर आम मानिसको वेदनालाई भिडियोमा उतारिएको छ ।

https://youtu.be/qE54WmL428g

तपाईको प्रतिक्रिया