काठमाडौं : ‘घुमाउरो बाटो’ गीतको भिडियो सार्वजनिक भएको छ।

‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि विदेश पुगेका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदना छन्। नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तको छटपटी समेटिएको छ।

विवेक लुइटेलको गीतको भिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायतले अभिनय गरेका छन्।

बाबा हन्टर (सिजन कार्की) को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन्। सृजना केसीले नृत्य निर्देशन गरेको भिडियो प्रतीम प्रोडक्सनले तयार पारेको हो।

प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन्।

विवेकले यसअघि ‘घोप्टेभिर’ गीत सार्वजनिक गरेका थिए।

तपाईको प्रतिक्रिया