सुशान्त सिंह राजपुतको निधनको एक वर्ष पुग्न लागेको छ । सुशान्त सिंह राजपुतले सारा फ्यानलाई चकित बनाउँदै जुन १४ मा आफ्नो प्राण त्यागेका थिए ।

उनको निधनमा परिवार तथा फ्यानहरु अझै पनि चकित छन् । सुशान्त कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनले नेशनल टेलिभिजनमा सबैका सामुन्ने अंकितालाई प्रपोज गरेका थिए।

यी दुवै कुनै समय टेलिश्रृखंला ‘पवित्र रिश्ता’मा मानव र अर्चनाको भूमिका निभाउने कलाकार थिए। यहीँबाट प्रेम सुरु भएको थियो।

६ वर्षसम्म दुबैबीच सम्बन्ध राम्रै चल्यो। अनि ब्रेकअप भयो। ३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन्।

सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए। चलचित्रमा काम गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए। एक पछि अर्को चलचित्रमा काम गर्दै गएपछि सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थिए।

ब्रेकअपपछि अंकिताको हालत निकै खराब भएको थियो। यस हालतबाट बाहिर निस्कन उनलाई लामो समय लागेको थियो।

अंकिता ब्रेकअप पछि बाहिरी दुनियाँ तथा अभिनय छोडेर एक्ली भएकी थिइन्। अंकिताले भारतको ‘बलिउड बव्वल’ सँग अन्तर्वार्ता दिदै , ‘सबैले मलाई सुशान्तलाई छाडेको आरोप लगाए, तर वास्तविकता मलाई भन्दा धेरै अरु कस्लाई थाहा हुन सक्छ । सुशान्तले मलाई छाडेर क्यारियरमा फोकस हुन्छु भन्दा मैले आ त्मह त्याको बारेमा पनि सोचेको थिए । मेरो बुबा आमासँग पनि नबोलिकन दिनरात सुत्थे ।’ भनेकी थिइन् ।

अहिले सुशान्तको निधनको वर्षदिन आउनै लाग्दा उनी सामाजिक सञ्जालबाट बाहिरिएकी छिन् । अंकिताले अब केही समय सामाजिक सञ्जालको दुनियाँबाट बाहिर हुने भनेर फ्यानहरुलाई सूचना दिएर नै गएकी छिन् ।

धेरैले उनले सुशान्तको निधनको वर्षदिनमा भाबुक भएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया