गौरी शिंदेको आगामी फिल्ममा आलिया भट्ट र शाहरुख खानले पुनः सँगै काम गर्ने भएका छन् । यस अगाडि आलिया र शाहरुखले ‘डियर जिन्दगी’ फिल्ममा सँगै काम गरिसकेका छन् ।

गौरी शिंदेको आफ्नै निर्देशनमा बन्न लागेको यो दोस्रो फिल्म हो । यस अगाडि उनको निर्देशनमा बनेको फिल्म ‘इंग्लिस विंग्लिश’ले राम्रो प्रतिक्रिया पाएको थियो । गौरी शिंदेको यस फिल्मलाई करण जोहरले निर्माण गर्न लागेका हुन् । हालसम्म यस फिल्मको कहानी भने गोप्य नै राखिएको छ ।

निर्देशक गौरी शिंदेले भनेका छन्, ‘अहिले पर्खनुस् र हेर्नुस् । यो आम कहानी होइन, जसरी मानिसहरुले सोच्छन् । एक पुरुष र महिला जसरी पनि एक साथ हुनसक्नेछन् ।’

सुरुमा यस फिल्ममा शाहरुख खानसँग काम गर्नका लागि अभिनेत्री आलिया डराएकी थिइन् । तर, निर्देशक गौरी शिंदेले फिल्मको कहानी सुनाएपछि मात्र आलियाले फिल्ममा काम गर्नका लागि राजी भएकी बताइएको छ । निर्देशक गौरी शिंदेका अनुसार फिल्मको सुटिङ चाँडैनै सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया