काठमाण्डौं ।
कोरोना कहरका कारण थलिएको नेपाली सिनेमाको बजार क्रमश सुधारको बाटोमा अगाडि बढ्दै गएको छ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको ”नशालु यो रात”गीतको भिडियो सार्वजनिक भएको छ । मायालु युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

मोहन गमालको प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपालको निर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा
जवानीको आवेग कसरी पोखिन्छ भन्ने कुरा गीतमा देखाइएको छ ।

रबिन श्री र माया चाहरलाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डेको छायांकन, राजन महर्जनको नृत्य, निर्देशन बिश्वास भण्डारीको, सम्पादन इन्द्र कुमार श्रेष्ठ सरितको गीत राजु लामाको संगीत दिलु श्रेष्ठ र दिपक घिमिरेको स्वर रहेको छ ।

रिभेन्ज चलचित्रमा रबिन श्री, पुष्पराज नेपाल,पत्रकार खगेन्द्र घिमिरे ,रोशन बिसि,विशाल अग्रवाल ,पदम सुनार, रेनु थापा,गङा कुवर, अम्बिका खड्काको अभिनय रहेको निमार्र्ण पक्षले जानकारी दिएको छ ।

राजेन्द्र बजगाइको पार्स्व संगीत अनि सिएल शर्मा, पुर्ण सापकोटा ,शंकर अधिकारी घायल, सन्तोष प्रगाढको संगीत शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मानन्धर बिबस को गीत रहेको छ ।

”नशालु यो रात” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया