फिल्म ‘बाबरी’को छायांकनको अन्योलता छाएपछि अभिनेत्री अदिती बुढाथोकी भारत फर्किएकी छन् । गत बैशाखको सुरुवातसँगै पूर्वका विभिन्न जिल्लाहरुमा छायांकन भइरहेको समाय सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागु गरेपछि रोकिएको थियो ।

फिल्मको छायांकन सुरु भएको १० दिनमै काम रोक्नुपरेको थियो । तर सरकारले निषेधाज्ञामा खुकुलो पारेपनि फिल्मको छायांकन भने अन्योलता नै रहेको छ । यसै अन्योलताका कारण अदिती, फेरि मुम्बई पुगेकी छिन् ।

मुम्बइमा बसेर मोडलिङ गरिरहेकी उनी अहिले पनि व्यस्त रहेकी छन् । ‘कृ’फिल्मबाट अभिनयमा उदाएकी अदितीलाई पर्दामा फर्किन संघर्ष नै गरिरहनु परेको छ । उनको पहिलो फिल्मबाट नै धेरैको नोटिसमा परेकी अदितीले बाबरी फिल्ममा आफै लगानी समेत गरेकी छन् । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया