काठमाडौं । डी एस डिजिटल सिनेमाको प्रस्तुति गीतकार शंकर अधिकारी घायलको निर्देशन तथा लेखनमा नेपाली कथानक चलचित्र ‘चिरहरन’ बन्ने भएको छ । चलचित्रको पहिलो लुक सार्वजनिक गर्दै डि एस डिजिटलले चलचित्र बन्ने जानकारी दिइएको हो ।

चलचित्रमा शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहनेछ । पोस्टरमा एक युवतीलाई बोल्ड रूपमा प्रस्तुत गरिएको छ । चलचित्रमा प्रेम रोमान्स र बास्तविक जिवन भोगाईलाई समावेश गर्ने चलचित्रका निर्देशक घायलले बताए । घायलको चलचित्र रिभेन्ज र सत्यम् शिवम सुन्दरम् प्रदर्शनका लागि तयारी अवस्थामा छन् । सिनेमाको गीत लेखनको क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका घायल पछिल्लो समयमा चलचित्रको निमार्णमा जुटेका हुन ।

तपाईको प्रतिक्रिया