काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले यसबारे प्रतिकृया दिएका छन् ।

दीपकराजले प्रधानमन्त्री जो बनेपनि देशको अवस्था उस्तै हुनेतर्फ संकेत गरेका छन् । आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।

कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘राष्ट्रपतिय प्रधानमन्त्रीद्धारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ?’e

तपाईको प्रतिक्रिया