काठमाडौं । गत वर्षको लकडाउनमा नायिका नम्रता सापकोटाले दिएको एक अभिव्यक्ति चर्चामा रह्यो । नम्रताले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म र ग्रुपिज्म’ भएको भन्दै बयान दिइन् । नेपाली चलचित्र क्षेत्रमा राम्रा कलाकार भन्दा पनि आफ्ना कलाकार चल्ने गरेको उनको तर्क थियो ।
परिवारबाट आएका कलाकारदेखि समुह बनाएर काम गर्ने कलाकार चलेको उनको तर्क थियो । नम्रताको यो अभिव्यक्तिले गाली र ताली दुबै पायो । कतिपयले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएको भन्दै नम्रताको आलोचना गरे । कतिपयले भने उनको भनाईमा समर्थन जनाए ।
उनै, नम्रता यो वर्ष फेरि एउटा अभिव्यक्तिको कारण चर्चामा छिन् । नम्रताले ‘बिहे नै नगरी बच्चा पाउन मन छ’ भनेर दिएको अभिव्यक्तिले उनलाई फेरि चर्चामा ल्याइदिएको छ । कतिपयले चर्चामा आउनकै लागि उनले बेला–बेलामा विवादस्पद अभिव्यक्ति दिने गरेको भन्दै उनको आलोचना गरेका छन् भने कतिपयले उनको कुरामा समर्थन जनाएका छन् ।
टिकटकमा पनि उनको भनाइको सानो टुक्रा भाइरल छ । गत वर्षको लकडाउनमा नै नम्रताको बिहेको कुरा चलेको थियो । सो समयमा उनले बच्चा ‘कोख’ लिने सोच बनाएकी थिइन् ।