कलाकारितामा लागेर केहि गर्न सकिन्न भन्नेहरुका लागि केहि कलाकारले यसै महिना महँगो गाडी किनेर देखाइदिएका छन् । केहि साता अघि मात्र गायक तथा नायक प्रकाश सपुतले ५० लाखमा हुन्डाईको क्रेटा किनेका थिए । उनले किनेको गाडी सेतो रङको छ ।

प्रकाशले गाडीको भ्लगसँगै फेसबुकमा स्टाटस पोस्ट गर्दै,’ सपना, संघर्ष, सिर्जना, सफलता मेरो। साथ, सहयोग, शुभेच्छा तपाईंहरुको,’ स्टाटसमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई हौसला हुनसक्छ। कलाकार मात्र भएर पनि कार चढ्न सकिन्छ है।’ उनले गाडी किनेको केहि दिनमा नै अभिनेता पुष्प खड्काले गाडी किनेका छन् । उनले ७० लाख मुल्य बराबरको तेसो रंगको गाडी किनेका हुन् ।

पुष्पले कलाकारितामा लागेर पनि गाडी किन्न सकिने रहेछ है भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । अहिलेका महँगा अभिनेताको रुपमा समेत चर्चामा आएका पुष्पले किनेको कारको समाचार सेलाउन नपाउँदै अभिनेता आकाश श्रेष्ठ र पुजा शर्माले एकै दिन गाडी किनेका छन् ।
आकाशले किनेको गाडी सेतो रंगको छ भने पूजाको गाडीको रंग चकलेटी कलरको छ । असारको पहिलो साता मनमुटाब भएका आकाश र पुजाको यो प्रतिष्पर्धालाई दर्शकले नि उत्सुकताका साथ दिएका छन् ।

किनभने दुवैले किनेको गाडी एउटै कम्पनी र एउटै मुल्यको हो । आकाश र पुजाबीच गाडी किन्नुमा प्रतिष्पर्धा नै भएको देखिन्छ । किनभने आकाशले किनेको २४ घन्टाभित्रै पूजाले पनि त्यही कम्पनीको गाडी किनेकी हुन् । असारको पहिलो साता भएको उनीहरुबीचको सम्बन्धलाई लिएर उनीहरुका फ्यान एक अर्काप्रति आक्रोस पोखिरहेको बेला आकाशले गाडी किनेको २४ घण्टाभित्रै पुजाले पनि किन्नुलाई उनीहरुबीचको प्रतिष्पर्धा नै रहेको बुझिन्छ ।

कोरोनाका कारण हल बन्द रहेका छन् भने नयाँ फिल्मको छायांकन भएको छैन । त्यसैले पुष्प , प्रकाश , आकाश र पुजा म्युजिक भिडियोमा नै व्यस्त रहेका छन् । अहिले उनीहरुको आम्दानीको स्रोत भनेको नै म्युजिक भिडियो बनेको छ । अभिनेत्री पुजा शर्माले केहि वर्ष अघि मात्र राजधानीमा घर किनेकी थिइन् ।

तपाईको प्रतिक्रिया