नेपालमा गुड्ने ट्रकको बारेमा अमेरिकामा फिल्म निर्माण भएको छ । पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा एक अमेरिकीले समेट्दै फिल्म निर्माण गरेका छन् । जहाँ नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकको कथा पनि मिसाइएको छ ।

फिल्मको नाम ‘टयाटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज’ राखिएको छ भने उक्त फिल्ममा नेपालको पारवहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको छ । जहाँ ५७ वर्षअघिको नेपालको सडकको कथालाई देखाउन खोजिएको छ । फिल्ममा ट्रकमा लेखिएका ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।

फिल्ममा साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई २३ वर्षीय अमेरिकी रन रयान्सनले फिल्म तयार पारेका हुन् । डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याइएको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अघिको अवस्था र मानिसको चहलपहल समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया