पछिल्लो समय गीत गायनमा लोकप्रियता हासिल गरिरहेकी गायिका रानी शाक्य पुन: अर्को एउटा डान्सिङ गीत ‘अक्कले’ लिएर प्रस्तुत भएकी छिन ।

चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ ।

चर्चित मोडेल बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी ,दिन्सन शाहको कलर ग्रेडिंग र फराज अर्पणको सम्पादन र निर्देशन रहेको छ।

भरपुर मनोरञ्जनले भरिएको गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो ।

रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

तपाईको प्रतिक्रिया