लण्डन (एजेन्सी), ८ भदौ

इग्लिस प्रिमियर लिग (इपिएल) मा वेस्ट हाम युनाइटेडले सानदार जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा वेस्ट हाम युनाइटेडले १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४-१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफमा एक गोल गरेको वेस्ट हामले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । उसको जितमा मिचेल एन्टोनियोले दुई गोल तथा पाल्बो फर्नाल्स र साइद बेनराहमाले एक एक गोल गरे । यता, १० खेलाडीमा सीमित लेष्टरको लागि यौरी टिएलेमन्सले एक सान्त्वना गोल गरे ।

खेलको २६ मिनेटमा पाल्बोले गोल गर्दै वेस्ट हामलाई अग्रता दिलाए । ४० औं मिनेटमा भारको सहयोगमा लेस्टरका आयोजे पेरेजले रातो कार्ड ब्यहोर्दा लेष्टर १० खेलाडीमा सीमित भयो । यसपछि खेलमा बेस्ट हामले पूर्ण रुपमा दबाब बनायो ।

५६ मिनेटमा बेनराहमाले दोस्रो गोल गरे । ६९ मिनेटमा यौरीले गोल गर्दै दुरी २-१ मा झारे । तर, क्लब इतिहासमा सर्वाधिक गोलकर्ताको नाम लेखाएका एन्टोनियोले खेलको ८० र ८४ मिनेटमा गोल गर्दै महत्त्वपूर्ण ३ अंक दिलाए ।

जितसँगै टोली दुई खेलबाट ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । उसले चेल्सी, लिभरपुललाई पछाडि पारेको हो । यता पराजित लेस्टर भने २ खेलबाट ३ अंकसहित १२ औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया