काठमाडौँ – अमेरिका निवासी बहुप्रतिभाको धनि चलचित्र निर्माता, गीतकार, मोडल, कलाकार तथा साहित्यकार पुष्कर पन्तले आफ्नो जन्मदिन अनाथ आश्रममा सहयोग गरेर मनाएका छन्। लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका पन्त अनाथ असाहयको दुखमा साथ दिन पाउँदा सन्तुष्टि मिलेको बताउछन। जन्मदिनमा तडक-भडक गर्नु भन्दा अनाथ असाहयहरुलाई सहयोग गर्दा सामाजिक क्षेत्रमा टेवा पुग्ने उनको ठम्याई छ। उनले अनाथ आश्रम र बृद आश्रममा खाद्यान्न, लत्ता कपडा र आर्थिक सहयोग गरेका छन्।

बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय लोकप्रिय गीतकारको रुपमा समेत चर्चित बनेका छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन् । तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।

नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन ।सर्जक पुष्कर पन्तले कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” समेत लिएर आईसकेका छन् । कलाकारिता, गीति लेखन, कबिता तथा साहित्य लेखन, मोडल, निर्माता निर्देशकमा राम्रो दख्खल भएका बहुप्रतीभाका धनि पन्त अमेरिकामा चर्चित नेपालीहरु मध्ये पर्दछन । उनि सामाजिक कार्यमा समेत सक्रिय रहदै आएका छन् ।

तपाईको प्रतिक्रिया