काठमाडौं, १ असोज

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ ।

अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले यस अघि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ

अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले डेब्यु गर्दैछन् । उनलाई अर्का बलर सोमपाल कामीले डेब्यु क्याप लगाई दिए । गुल्शनको डेब्युसँगै बिक्रम सोब टिम बाहिर रहने छन् ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा ।

तपाईको प्रतिक्रिया