मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खर्च बढ्ने, विबाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा हौसला बढ्नेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । आज टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रयत्नले धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानी सन्तोस प्रद रहनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । साथै, आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
वादविवाद, झै झगडामा पर्न सकिन्छ, सावधान रहनु होला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसँग सानो मनमुटाव हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कृषि चौपायाबाट हानि पुग्न सक्छ । बन्द व्यापारमा घाटा देखिन्छ । रोगले पनि सताउन सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुँदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धनमनग्य कमाउने अवसर मिलनेछ । ब्यापारमा उन्नती पनि हुनेछ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ । कमाइ रामै्रसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ ।

तपाईको प्रतिक्रिया