काठमाडौँ – सुमधुर आवाजका धनि गायक दिपक पाठक र चर्चित गायिका टिका प्रसाईको स्वरमा नयाँ गित ‘कति राम्रो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। युट्युब ट्रेन्डिङमा पर्न सफल ‘कति राम्रो’ बोलको म्युजिक भिडियो अहिले चर्चामा रहेको छ।

दिपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई विश्व अधिकारिले म्युजिक एरेन्ज गरेका हुन् । कार्टुन क्रिउका कलाकारहले अभिनय गरेको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । पेम्बा मगर र आश्मा विश्वकर्मको कोरियोग्राफी तथा सरोज अधिकारीको निर्देशनमा उक्त गीतको भिडियो तयार गरिएको छ । भिडियोलाइ पवन सुस्लिङ्गले छायांकन तथा सरोज अधिकारीको नै सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया