सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन सिंह र कुसुम गुरुङको बेजोड अभिनय रहेको गायक बुद्ध लामाको नयाँ गीत ‘चन्चली ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द ,संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा भिडियोमा कुसुम र आननको अन्स्क्रीन केमिस्ट्री जमेको देखिन्छ ।
सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको ‘तिमी आउने जाने’ पनि हिट भएको थियो । आननले अभिनयमा कुनै कसर बाकी राखेका छैनन ।’चन्चली ‘ भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन । बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिम (NEPALESE EXTREME ) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया