काठमाडौं,०९ असोज ।
नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । असोज १८ गते काठमाडौको चन्द्रागिरीमा आयोजना हुने अवार्ड प्रदान समारोहमा चर्चित चलचित्र पत्रकार सुवेदी र गिरीलाई नगद राशी सहित पत्रकारिता पुरस्कार–२०२० बाट सम्मान गर्न लागिएको आयोजक संस्था तुलसी मिडियाले जनाएको छ ।

बिगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले दिएका छन् । बिभिन्न साप्ताहिक,मासिक, पाक्षिक पत्रिका हुदै टेलिभिजन तथा नयाँ पत्रिका दैनीकमा लामो समय पत्रकारिता गरेका सुवेदी र पछिल्लो केही बर्षयता रातोपाटी डटकममा कार्यरत गिरीले यसअघि पनि थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।

‘नेपालको शान,संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागीएको अवार्डको उत्कृष्ट ५ मनोनयन केही समय अघिनै सार्वजनीक भइसकेको छ । बिभिन्न ३६ बिधामा अवार्ड प्रदान गरिने अवार्डले नेपाली गीतसंगीतको प्रबद्र्धन गर्दै यस क्षेत्रलाई चलायमान बनाउन प्रभावशाली भूमिमा खेल्ने बिश्वास आयोजक संस्थाको छ । अवार्ड समारोहमा गीतसंगीत, चलचित्र लगायतका बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तिको उपस्थिति रहने जनाइएको छ ।
०००

तपाईको प्रतिक्रिया