काठमाडौं : डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा यही कात्तिक ३ गते हुने भएको छ । अमन कुमार देवको निर्माण रहेको चलचित्रमा रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, पदम सुनार गङा कुवर पुस्पराज नेपाल खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको छ ।

शंकर अधिकारी घायलको लेखन निर्देशन रहेको चलचित्रमा कृण्ण पाण्डेको छायांकन, देव मर्हजनको फाइट, राजन महर्जनको नृत्य, विश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ । चलचित्रमा शंकर अधिकारी घायलले गीत लेखेका छन् । नृत्य शिवा दिपक लिम्बु र पूर्ण सापकोटाको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया