साफ फुटवल प्रतियोगिताको फाइनलमा पुग्न सफल नेपाली फुटवल टिमलाइ नेपाली कांग्रेस तरुण बिभाग बाट रु १ लाख ११ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने कुरा नेपाली कांग्रेस केन्द्रिय सदस्य, पूर्व मन्त्रि एबम बिभाग प्रमुख शंकर भण्डारीले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको छ। उहाले खेलाडी, प्रशिक्षक तथा अफिसिय टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै आज हुन गईरहेकाे फाइनल खेलमा जितका लागि सफलताकाे शुभकामना समेत ब्यक्त गर्नु भएको छ।

साफ फाइनलमा नेपाल आज राति ८:४५ बजे भारत संग भिड्दै छ। साफ च्याम्पियनशिपको २८ वर्षे इतिहासमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया