पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ‘यात्रा: द् म्युजिकल भ्ल्ग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् ।

फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडिओमा व्यस्त छिन् । ‘फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ ।

दर्शकले पल र मलिकालाई ‘पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडिओमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडिओमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ‘पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ ।

नायक शाहसँग ४ वटा म्यूजिक भिडियोमा काम गरेर चम्किएकी मलिका महत आफूलाई दर्शकले ‘रियल हिरोइन’ भनेर चिनेको खण्डमा यो आफ्ना लागि ठूलो उपलब्धी हुने बताउँछिन् ।

मलिका भन्छिन्–‘पल शाहको कामबाट म प्रभावित छु । उहाँलाई दिइएको सम्मान एकदमै ठिक छ । म पनि सामाजिक काम सुरु गर्ने सोचमा छु । कुनै दिन दर्शकले मलाई ‘रियल हिरोइन’ भनेर चिन्नु भयो भने मेरो लागि त्यो खुशीको पल हुनेछ ।’

तर, उनको भिडिओझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ‘सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् ।

केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

तपाईको प्रतिक्रिया